दसैंको लामो बिदापछि खुलेको सेयरबजार उतार चढावपूर्ण अवस्थामा नै रही बन्द भयो । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम सातासम्म आइपुग्दा बजारले ओरालोको यात्रा नै तय ग¥यो ।
धितोपत्र बजारमा यस साता कुल १ सय ६० कम्पनीको सेयर कारोबार भए । कुल ३२ लाख ८७ हजार ९ सय ६६ कित्ता सेयर ८० करोड ७५ लाख ५६ हजार ६ सय १२ रुपैयाँ खरिद बिक्री भए ।