राष्ट्रिय गौरवको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजना प्रभावितलाई मुआब्जा वितरणमा ढिलाइ भएको छ । सरकारले लालपुर्जाविहीन घरजग्गा धनीलाई के–कति रकम दिने भन्नेबारे टुंगो नलगाउँदा मुआब्जा वितरण गर्न नसकिएको आयोजना कार्यालयले जनाएको छ ।
काठमाडौं,१९ मंसिर । ६ दिनदेखि जारी नेकपा एमालेको झुलाघाट -चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत देश दौडाहामा रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको अवलोकन गरेका छन् । समृद्धिको लागि संकल्प यात्रा अन्तरगत सुर्खेतबाट रुकुम जाने क्रममा उनले भेरी बबई डाइभर्सनमा अवलोकन गरेका हुन् । समृद्धिको […]
भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सञ्चालनमा छ ।...
नौ वर्षमा ६० प्रतिशत काम सकिएको यो आयोजनाको बाँकी ४० प्रतिशत काम आगामी तीन वर्षमा सक्ने लक्ष्य राखिएको छ । तर मन्त्री बस्नेतको निर्देशन छ– दुई वर्षमा नसके म्याद थप हुँदैन । जाजरकोट– सरकारले महत्वपूर्ण आयोजनाका रूपमा अगाडि सारेर २०७१ चैत १९ मा शिलान्यास गरी निर्माण थालिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना १० वर्षमा लागेको छ […]
निर्माणकार्य सुरु भएको आठ वर्ष बित्दा पनि राष्ट्रिय गौरव आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीय प्रगति ४३ प्रतिशत हासिल भएको अयोजनाले बताएको छ । टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलो पटक सुरु गरी निर्माण कार्य सुरु भएको उक्त आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ […]
बाँके, कात्तिक ३० । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके क्षेत्र नं ३ का सत्ता साझेदार दलका उम्मेदवार किशोरसिंह राठौर जानकी गाउँपालिकामा चुनावी प्रचारप्रसारका लागि पुगे । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेको यस गाउँपालिकामा नेता राठौरले जनताका गुनासा सुने र गठबन्धनका लागि जनतासँग भोट मागे। जनगुनासो सुनिसकेपछि उनले भने, “बाँके र बर्दियाका ग्रामीण क्षेत्रमा मुख्य समस्या सिँचाइसँगै […]
कर्णाली-राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले हालसम्म ५३ प्रतिशत प्रगति हासिल गरेको छ ।कोरोना भाइरस महामारीमासमेत काम नरोकेको आयोजनाले तोकिएको समयमा काम सम्पन्न गर्न सिभिल निर्माण कार्यलाई तीव्रता दिएको छ । हाल बाँध (हेडवक्र्स) र विद्युतगृह (पावरहाउस) निर्माण, हाइड्रो मेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (ईएम)सम्बन्धी डिजाइनका काम भइरहेको आयोजनाले जनाएको छ ।आयोजनाका सूचना अधिकारी एवं […]
काठमाडौं । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हालसम्म ५३ प्रतिशत काम सकिएको छ । कोरोना भाईरसको महामारीको समयमा पनि काम नरोकेको आयोजनाले तोकिएको समयमा काम पुरा गर्न सिभिल निर्माण कार्यलाई तीव्रता दिएको हो । हाल बाँध, विद्युत गृह निर्माण, हाईड्रो मेकानिकल निर्माण लगाएतका काम भैरहेको आयोजनाले जनाएको छ । आयोजनाको पहिलो चरणको काम […]
–प्रकाश अधिकारीराष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम) सम्बन्धी कार्य सुरुवात गरेको छ । आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरिद सम्झौता भइसकेको र इलेक्ट्रोमेकानिकलतर्फ बोलपत्र प्रक्रियामा रहेको जनाएको छ । आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बाँध र विद्युत्गृहका लागि आवश्यक पर्ने हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फका खरिद व्यवस्थापन समयमै हुने बताए । उनका अनुस
सुर्खेत, असोज १० । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुुस्त ढङ्गले अगाडि बढेको छ । यस आयोजनाको पहिलो चरणको काम भने तोेकिएको समयभन्दा एक वर्षअघि नै पूरा भएको थियो । टनेल बोरिङ मेसिन (टीबीम)बाट १२.२० किलोमिटर लामो र ४.२० मिटर व्यास भएको सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न भइसकेको हो । २०७६ […]
राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुले जनताको भावना र प्रभावित क्षेत्रको आवश्यकता विपरितका गतिविधिहरु आयोजनाले गरिरहेको आरोप लगाएका छन्।...