भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी केही स्वतन्त्र उम्मेद्वारहरुले सिंगो राष्ट्रिय राजनीतिमा सनसनी पैदा गरेका छन् । विशेषतः काठमाडौं र धरान लगायतका पालिकाहरुमा आएको अनपेक्षित परिणामले सवैको ध्यान खिचेको छ । यसरी अस्वभाविक परिणाम आउनुमा सवैले आ–आफ्नै दृष्टिकोण र बुझाइएको स्तर, सिमा र झुकाव बमोजिम टीका–टिप्पणी गरिरहेका छन् । अधिकांशको नजरमा यो पार्टी र नेताहरुप्रतिको असन्तुष्टी र वितृष्णाकै उपज हो भन्ने छ । कतिपयले उनीहरुको निरन्तर अभियान, आश्वासन, भिजन र प्रतिवद्धताहरु मा