नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा राष्ट्रघाती क्रियाकलाप गरेको आरोप लगाएका छन् । ओली नेतृत्वको तत्कालीन सरकारले एसपीपी सम्झौतामा स्वीकृति दिएको खुलासा आफूले गएको प्रचण्डले बताए ।आफूले खुलासा गर्दा उल्टै प्रमाण देखाउन चुनौती दिएको भन्दै प्रचण्डले ओली गरेका गतिविधिहरु घामजत्तिकै छर्लंग भएको बताए । ‘२०१५ मा केपी ओली प्रधानमन्त्री भएको बेलामा र केपी ओली नै रक्षामन्त्री पनि भएको बेलामा यो सम्झौताबारे एउटा