नेपाल एभीसी एसियन भलिबलको फाइनलमा

काठमाडौं । लगातार चौथो जित निकाल्दै साविक विजेता नेपाल बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबलअन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । उज्वेकिस्तानमाथि सोझो सेटमा जित निकाल्दै नेपाली महिला टोलीले एक खेल बाँकी छँदै च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा अपराजित रहेको नेपालले पहिलो सेटमा […]