गगन थापा महामन्त्रीको उम्मेदवार बन्ने विषयमा त कुनै सन्देह थिएन, तर शनिवार दिउँसो २ बजेसम्म पनि संस्थापन इतरबाट महामन्त्रीको अर्को उम्मेदवार को भन्ने विषयमा अन्यौल थियो । उम्मेदवारी मनोनयन गर्न जानुभन्दा केहीबेर अघि मात्र महामन्त्रीका अर्का उम्मेदवारको टुंगो लाग्यो– डा. मीनेन्द्र रिजाल ।
शेखरको प्यानलमा विश्वप्रकाश शर्मालाई समेट्ने विषयमा छलफल भएपनि उनी अटाएनन्, मीनेन्द्रले बाजी मारे । २०७४ सालको निर्वाचनमा कांग्रेसको लज्जास्पद पराजयपछि अर्ली महाधिवेशनको माग राखेर युवाहरूले देउवामाथि दबाब बढाएका थिए । त्यहीबेला देउ...