काठमाडौँ – र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को लोकप्रियता पछि नयाँ र्याप ब्याटल शो ‘ब्याटल भूमि’ आउने भएको छ । निर्माण समूहले नयाँ शोको घोषणा गर्दै बुधबार बेलुकादेखि डिजिटल अडिसन खुला गरिएको जानकारी दिएको छ । अडिसन २ जुलाईसम्म हुनेछ । आयोजकका अनुसार डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ […]