लुम्बिनीको केन्द्रीय नहर

पर्यटकका लागि आकर्षक बुद्ध जन्मस्थल लुम्बिनीस्थित केन्द्रीय नहर । तस्बिरः रासस

सम्बन्धित सामग्री

धम्म यात्रामा श्रावणेर [तस्बिरहरु]

अल्पकालीन श्रावणेर प्रव्रज्जित एक हजार २ सय ५० जनाले धम्म यात्रा गरेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रबाट शनिवार बिहानै धम्म यात्रा गर्दै केन्द्रीय नहर हुँदै मायादेवी मन्दिर पुगेका थिए । मन्दिर परिक्रमा गरी बेबी बुद्ध प्रतिमा हुँदै पुन: ध्यान केन्द्रमा आएका थिए । उनीहरुले शनिबार विहान ४ किमि भन्दा बढी धम्म यात्रा गरेका थिए ।

लुम्बिनी

पर्यटकका लागि आकर्षक बुद्ध जन्मस्थल लुम्बिनीस्थित केन्द्रीय नहर । तस्बिरः नरेश केसी/रासस

लुम्बिनीमा नौका बिहारमा आकर्षण

बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने स्वदेशी या विदेशी पर्यटकहरूका लागि आकर्षण मध्येको एक हो केन्द्रीय नहरमा नौका बिहार गर्ने । पछिल्लो समय लुम्बिनी आउने पर्यटकहरूमा धेरैको रोजाइमा परेको छ केन्द्रीय नहर(सेन्ट्रल क्यानल)मा बोटिङ गर्ने । विश्व शान्ति द्वीपबाट उत्तरतर्फ म्युजियम पुग्ने बाटो तेलार पुलसम्म करिब १ हजार ६ सय मिटरको दूरीमा नौका बिहार हुने गरेको छ । लुम्बिनी आउने जो कोही नौका बिहारमा रमाउन चाहन्छन् ।