लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो बिदामा धेरै व्यक्ति विभिन्न स्थानमा घुम्न निस्किन्छन् । लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैं मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । दसैं र तिहार विदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन् ।सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउस फुल’ भएको छ । ‘बिदा मनाउनका लागि समूह