महाकालीपारिको गाउँ भनेर चिनिने कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विकास निर्माणले गति लिएको छ । कुनै बेला टुकी बालेर जङ्गली जनावर र बाढीको त्रासमा रहेका यहाँका बासिन्दाले स्थानीय तह आएपछि यहाँ सरकार भएको महसुस गर्न पाएको बताउँछन् ।विसं २०२१ देखि दोधारा चाँदनीमा बस्दै आएका ७० वर्षीय धीरबहादुर कठायतले विगतको तुलनामा अहिले धेरै विकास भएको बताए । “उतिबेला न बिजुली थियो, न सडक नै महेन्द्रनगर जान पनि भारतको बाटो शारदा ब्यारेज भएर जानुपर्थ्यो ”, उनले विगत सम्झिँदै भने, “बर्खामा