केन्द्रीय कमिटीको बैठकले सरकारले द्वैध चरित्र देखाएको ठहर गर्दै तत्काल वर्खास्त गर्न माग गरेको हो। निर्णयमा भनिएको छ, 'तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न माग गर्दछ।'