आइपीएलमा विदेशी खेलाडीहरु खेल छाडेर घर फर्किन थाले

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्न भारत पुगेका विदेशी खेलाडीहरू धमाधम घर फर्किन थालेका छन्। भारतमा कोरोनाको दोस्रो लहर चरम सीमामा पुगेको कारण केही खेलाडीहरु खेल छाडेर आफ्नो घर फर्किन थालेका हुन्।आइपीएल छाड्ने अष्ट्रेलियन खेलाडीहरुमा रोयल च्यालेन्जर्स बेंगलोरका एडम जाम्पा, केन रिचार्डसन र राजस्थानका एन्ड्र्यु टाइ रहेका छन्। भारतीय खेलाडी दिल्लीका रविचन्द्रन अश्विनले पारिवारिक कारण देखाई खेल छाडेका छन्।  उनले आफ्नो परिवार कोरोनाले जुधिरहेको भन्दै खेल छाडेको घोष

सम्बन्धित सामग्री

पाकिस्तान क्रिकेट टीमका कप्तानलाई धम्की– भारतसँग हार्‍यौ भने घर आउन दिँदैनौं

भारत र पाकिस्तानबीच टी२० विश्वकपको खेल अर्को आइतवार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुन लागेको छ ।  यी दुई टीमको प्रतिस्पर्धा निकै कडा हुने भएकाले प्रशंसकहरूमा धेरै उत्साह छ ।  पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर आजमले टी२० विश्वकपमा टीमको प्रदर्शन राम्रो होस् भनी शुभकामना दिन प्रशंसकहरूलाई आग्रह गर्दा धेरैले त शुभकामना दिए । तर राहिल भट नामक एक व्यक्तिले धम्की दिँदै भारतसँग हारेमा घर फर्किन नदिने बताए । भारत र पाकिस्तानबीच विश्वकपमा पाँचपटक जम्काभेट हुँदा पाकिस्तान पाँचैपटक हारेको छ ।  आजम चा...

मुश्फीक्र रहिम ढाका फर्किदै

बङ्गलादेश क्रिकेट टोलिका ब्याट्सम्यान मुश्फीक्र रहिम जिम्बाबवे भ्रमण स्थगित गरेर घर फर्किन लाग्नुभएको छ । बङ्गलादेश क्रिकेट बोर्ड(बीसीबी)ले रहिम स्वदेश फर्किन लागेको पुष्टि गरेको छ । बङ्गलादेशले आईसीसी सुपर लिग अन्तगर्त एकदिबसीय श्रृखंला र टी ट्वान्टी श्रृंखला खेल्न जिम्बाबवे भ्रमणमा रहेको छ । एकदिबसीयको पहिलो खेल जुलाई १६ मा टी ट्वान्टी श्रृखंलाको पहिलो खेल जुलाई २३ मा हुनेछ ।

कुवेतबाट फर्किएको नेपाली फुटबल टोलीले लगायो कोरोनाविरुद्धको खोप

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरु तथा खेल अफिसियलहरुले कोरोनाविरुद्धको खोप लगाएका छन्। इराकसँग मैत्रीपूर्ण खेल र कुवेतमा विश्वकप तथा एसियन कप छनोट खेलेर नेपाल फर्किएका खेलाडी तथा अफिसियलहरुले बिहीबार खोप लगाएका हुन्। खोप लगाएसँगै खेलाडी आ–आफ्नो घर फर्किन थालेका छन्। खेलाडीहरुले ललितपुर जिल्ला स्वास्थ्य कार्यालयमा खेलाडीले खोप लगाएका हुन्।