नेपाल र ठाकुर समूहको निवेदन आयोगमा दर्ता, प्रकृया पूरा हुन ४५ दिन लाग्ने

निर्वाचन आयोगमा दुई दल दर्ताको लागि  निवेदन दर्ता भएका छन्। आयोगका अनुसार माधवकुमार नेपाललाई अध्यक्ष प्रस्तावित गरिएको नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुर अध्यक्ष प्रस्तावित जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)को...

सम्बन्धित सामग्री

स्थानीय तहको चुनावको लागि आजदेखि दल दर्ता सुरु

२०७९ साल वैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि आजबाट दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले संविधानको धारा २७१ बमोजिम राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा  फागुन १५ गतेसम्म  दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो।दल दर्ताका लागि निवेदन दिँदा निम्न विवरण खुलाउनुपर्ने आयोगले जनाएको छ। (क) दल सम्बन्धी विवरण (राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठगाना, पत्राचार गर्न ठगाना, टेलिफोन नम्बर, इमल र वेबसाइट) । (ख) दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या । (ग) आयोगमा दलले वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति । (घ) दलको केन्द्रीय स्तर, प्रदेश स्तर र जिल्ला स्तरको कार्यकारिणी समितिको पछिल्ला निर्वाचन भएको मिति । (ङ) यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिह्नको सट्टा अर्को निर्वाचन चिह्न लिन चाहने दलले आफूले प्राप्त गर्न चाहेका तीन वटा निर्वाचन चिन्ह प्राथमिकता क्रम अनुसार उल्लेख गर्ने । (च) राजनीतिक दलको सङ्गठनात्मक स्वरूप (केन्द्रीय स्तर, प्रदेश स्तर र जिल्ला स्तर छ/छैन खुलाउने)। (छ) स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेको जिल्ला।संलग्न गर्नुपर्ने कागजातहरू: (क) निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, (ख) दलको विधान, नियमावली तथा घोषणा पत्र, निर्वाचन चिह्नको नमुना र सोको विद्युतीय प्रति, (ग) आ.व. २०७७/०७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदन, तर..     (१) आर्थिक वर्ष २०७६/७७ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेस गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरण समेत देखिने गरी तयार गरिएको वार्षिक लेखा परीक्षण प्रतिवेदन,     (२) आर्थिक वर्ष २०७७/७८ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षणप्रतिवेदन पेस गर्दा साबिकमा अलग अलग रहेका दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन, (घ) दलको प्रमुख पदाधिकारी बाहेक अधिकार प्राप्त व्यक्तिले निवेदन दिएको भए त्यस्तो निवेदन दिन पाउने प्रमुख पदाधिकारीले दिएको अधिकार पत्र। (ङ) उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने गरी पदाधिकारी ताकिएको केन्द्रीय समितिको निर्णय र त्यसरी तोकिएको पदाधिकारीको नाम, पद र सम्पर्क नम्बर सहितको दस्तखत नमुना । दल दर्ताका लागि निवेदन पेस गर्दा संविधानको धारा २७१ को उपधारा (२) बमोजिम देहायका सर्तहरू पूरा गरेको हुनुपर्नेछ। (क) राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने । (ख) राजनीतिक दलको विधान बमोजिम कम्तीमा पाँच वर्षमा एकपटक सो दलको सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचनभएको हुनुपर्ने । (ग) दलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिविम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्ने । दल दर्ता प्रयोजनका लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला रहने आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा ‘प्रगतिशील पार्टी’ दर्ता गराउने तयारीमा त्रिपाठी

हृदयश त्रिपाठी नेतृत्वको ‘जनता प्रगतिशील पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न प्रक्रिया सुरु भएको छ ।  निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि निवेदन दिने तयारी भइरहेको सो पार्टीका नेता राधेरमण पाण्डेले बताए । ‘निवेदन दर्ता गराउनका लागि डकुमेन्टहरू तयार गर्ने काम भइरहेको छ, तयारी पूरा भयो भने बिहीबार आयोग जान्छौँ’, उनको भनाइ छ । हाललाई त्रिपाठी अध्यक्ष र बाँकी सदस्य रहने गरी निर्वाचन आयोगमा निवेदन दर्ता हुने बताइएको छ । जनता प्रगतिशिल पार्टीमा २१ सदस्यीय केन्द्र

नेकपा माओवादी केन्द्र वैधानिक छ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले संवैधानिक तथा कानूनी शर्त पूरा गरेर दर्ता भएको नेकपा (माओवादी केन्द्र)को वैधानिकताबारे कुनै प्रश्न नरहेको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको पूर्ण बैठकले संवैधानिक तथा कानूनी शर्त पूरा गरी आयोगमा दर्ता कायम रहेको देखिएकाले माओवादी केन्द्रको वैधानिकताका सम्बन्धमा प्रश्न उठाइ दिएको निवेदन उपर केही गरिरहन परेन […]