स्थानीय तहको चुनावको लागि आजदेखि दल दर्ता सुरु

२०७९ साल वैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि आजबाट दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले संविधानको धारा २७१ बमोजिम राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा  फागुन १५ गतेसम्म  दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो।दल दर्ताका लागि निवेदन दिँदा निम्न विवरण खुलाउनुपर्ने आयोगले जनाएको छ। (क) दल सम्बन्धी विवरण (राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठगाना, पत्राचार गर्न ठगाना, टेलिफोन नम्बर, इमल र वेबसाइट) । (ख) दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या । (ग) आयोगमा दलले वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति । (घ) दलको केन्द्रीय स्तर, प्रदेश स्तर र जिल्ला स्तरको कार्यकारिणी समितिको पछिल्ला निर्वाचन भएको मिति । (ङ) यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिह्नको सट्टा अर्को निर्वाचन चिह्न लिन चाहने दलले आफूले प्राप्त गर्न चाहेका तीन वटा निर्वाचन चिन्ह प्राथमिकता क्रम अनुसार उल्लेख गर्ने । (च) राजनीतिक दलको सङ्गठनात्मक स्वरूप (केन्द्रीय स्तर, प्रदेश स्तर र जिल्ला स्तर छ/छैन खुलाउने)। (छ) स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेको जिल्ला।संलग्न गर्नुपर्ने कागजातहरू: (क) निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, (ख) दलको विधान, नियमावली तथा घोषणा पत्र, निर्वाचन चिह्नको नमुना र सोको विद्युतीय प्रति, (ग) आ.व. २०७७/०७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदन, तर..     (१) आर्थिक वर्ष २०७६/७७ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेस गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरण समेत देखिने गरी तयार गरिएको वार्षिक लेखा परीक्षण प्रतिवेदन,     (२) आर्थिक वर्ष २०७७/७८ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षणप्रतिवेदन पेस गर्दा साबिकमा अलग अलग रहेका दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन, (घ) दलको प्रमुख पदाधिकारी बाहेक अधिकार प्राप्त व्यक्तिले निवेदन दिएको भए त्यस्तो निवेदन दिन पाउने प्रमुख पदाधिकारीले दिएको अधिकार पत्र। (ङ) उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने गरी पदाधिकारी ताकिएको केन्द्रीय समितिको निर्णय र त्यसरी तोकिएको पदाधिकारीको नाम, पद र सम्पर्क नम्बर सहितको दस्तखत नमुना । दल दर्ताका लागि निवेदन पेस गर्दा संविधानको धारा २७१ को उपधारा (२) बमोजिम देहायका सर्तहरू पूरा गरेको हुनुपर्नेछ। (क) राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने । (ख) राजनीतिक दलको विधान बमोजिम कम्तीमा पाँच वर्षमा एकपटक सो दलको सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचनभएको हुनुपर्ने । (ग) दलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिविम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्ने । दल दर्ता प्रयोजनका लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला रहने आयोगले जनाएको छ ।

सम्बन्धित सामग्री

कांग्रेसले गरायो दल दर्ता

काठमाण्डाै – सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज मङ्गलवार आयोगमा पुगेर कांग्रेसले दल दर्ता गरेको हो ।  दल दर्ताका लागि कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरू निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । आउँदाे चुनावका लागि लगभग सबै दलले आयोगमा दल दर्ता गराइसकेका छन् । आयोगले आज ५ बजेसम्मका लागि दल दर्ता गर्नसक्ने बताएको थियो । आयोगले दुई वा दुईभन्द...

निर्वाचनका लागि आयोगमा २१ दल दर्ता

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन् । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् । अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन् । यस्तै थप ३ दल दर्ता […]

निर्वाचनका लागि आयोगमा २१ राजनीतिक दल दर्ता

निर्वाचन आयोगमा आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता भएका छन् । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् ।अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन् । यस्तै थप ३ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ । आयोगमा यसअघि १ सय १६ राजनीतिक दल दर्ता भएका छन् ।

आयोगले आजदेखि राजनीतिक दल दर्ता सुरु गर्ने

निर्वाचन आयोगले आजबाट राजनीतिक दल दर्ता सुरु गर्ने भएको छ। आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु गर्न लागेको हो।...

चुनावका लागि दल दर्ता आह्वान

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता आह्वान गरेको हो । निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको […]

निर्वाचन आयोगमा १११ दल दर्ता

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले १५ फागुनसम्मको समयसीमा दिएकोमा १११ वटा दल दर्ता भएका छन् ।

स्थानीय निर्वाचनका लागि आजबाट दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यपालिका स्वीकृत गरेको आयोगका प्रवक्ता […]

निर्वाचन आयोगले गर्यो दल दर्ता आव्हान

काठमाडौं, ४ फागुन । निर्वाचन आयोगले दल दर्ता आव्हान गरेको छ । स्थानीय तह निर्वाचनका लागि प्रयोजनका लागि बिहिबारदेखि दल दर्ता आव्हान गरेको हो । निर्वाचन आयोगमा एक सय ६ दल दर्ता भएकामा स्थानीय तहको निर्वाचन प्रयोजनका लागि फेरि दल दर्ता गर्नुपर्नेछ । यसका लागि दलको पूरा नाम, संक्षिप्त नाम, स्थापनाको मिति, केन्द्रीय कार्यालयको ठेगाना, […]

अझै नयाँ दल दर्ता गर्न पाइने

सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको छ ।राजनीतिक दलको दर्ता कायम राख्दै उनीहरूलाई दलको मान्यता दिने सरकारी निकाय निर्वाचन आयोगमा हाल १ सय ५ दल दर्ता छन् । आयोगमा दर्ता भएका र आयोगले तोकेको मापदण्ड पूरा गरेका दलहरूले मात्रै निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामासमेत दल दर्ता जारी रहने बताएको हो

निर्वाचन आयोगमा १ सय ५ दल दर्ता, अझै नयाँ दल दर्ता गर्न पाइने

सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको छ । राजनीतिक दलको दर्ता कायम राख्दै उनीहरूलाई दलको मान्यता दिने सरकारी निकाय निर्वाचन आयोगमा हाल १ सय ५ दल दर्ता छन् । आयोगमा दर्ता भएका र आयोगले तोकेको मापदण्ड पूरा गरेका दलहरूले मात्रै निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामासमेत दल दर्ता जारी रहने बताएको हो । आयोगका अनुसा...