हामीमध्ये धेरैलाई थाहा छैन होला, काठमाडौँ उपत्यकालगायत वरिपरिका विभिन्न स्थानमा सार्वजनिक बसमा यात्रा गर्दा न्यूनतम १३ रुपैयाँ भाडा तिर्नुपर्छ । तर, भाडा लिने गाडी धनी (सहचालक !) हरूले भने तपाईं–हामीलाई गाडी चढ्नेबित्तिकै १५ रुपैयाँ तिराइहाल्छन् । उस्तैले त एक ठाउँ जानुपर्ने यात्रु झुक्किएर अर्को बसमा चढेर फेरि झरेमा पनि भाडा लिन्छन् । हुन त यो भाडादर २०७२ माघमा नेपाल सरकारको मातहतमा रहेको यातायात व्यवस्था विभागद्वारा लागू गरिएको हो ।