सार्वजनिक यातायातमा मनपरी : लामो दूरीका यात्रुसँग १ हजार रुपैयाँसम्म बढी भाडा

निषेधाज्ञा खुकुलो पारेर लामो दूरीको सार्वजनिक यातायात खुला गरिए पनि यात्रुहरू तोकिएभन्दा बढी भाडा तिर्न बाध्य भएका छन् । व्यवसायीहरूले दूरीका आधारमा ४० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म अतिरिक्त उठाउने गरेको पाइएको छ ।