चीन सरकारका एक उच्च अधिकारीले युक्रेनमाथिको आक्रमणलाई लिएर पश्चिमा देशले रुसमाथि लगाएको आर्थिकसहितको प्रतिबन्ध ‘क्रूर’ रहेको बताएका छन्। समाचार संस्था रोयटर्समा प्रकाशित भएको समाचारअनुसार शनिबार चीनका उपविदेशमन्त्री ली युचेङले पश्चिमा देश रुसमाथि क्रूर बनेको आरोप लगाएका हुन्। उनले सैन्य गठबन्धन नेटोसम्बन्धी रुसको धारणालाई समेत समर्थन गरेका छन्। नेटो गठबन्धन थप पूर्वतिर विस्तार भएमा परमाणु शक्ति […]