कैदीबन्दीको स्वास्थ्य तथ्यांकसहित केन्द्रीय कारागार अस्पतालको प्रतिवेदन सार्वजनिक

पहिलो पटक देशभरका ७४ कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य अवस्था र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी सहितको केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रगति प्रतिवेदन–२०८० सार्वजनिक भएको छ।

सम्बन्धित सामग्री

सहज बन्दै कैदीबन्दीको उपचार

कैदीबन्दीको उपचार गर्ने केन्द्रीय कारागार अस्पताल सुधार हुँदै गएको छ । यसअघि सामान्य उपचारका लागि पनि कैदीबन्दी बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेकामा अहिले कारागार अस्पतालमै कैदीबन्दीलाई सम्पूर्ण स्वास्थ्य प्रदान हुन थालेको छ । केन्द्रीय कारागार कार्यालयका कारागार प्रशासक ललितकुमार बस्नेतले हाल विशेषज्ञ सेवा पनि कारागार अस्पतालमै हुने गरेको र उपचार गर्न नसकिने जटिल रोगका लागि अन्य विशेषज्ञ अस्पतालमा सम्झौता भएको बताउनुभयो । उहाँले त्यस्ता अस्पतालमा नगद बोकेर जानुपर्ने बाध्यता नरहेको र उपचारपछि मात्र उपचार खर्च लिने व्यवस्था गरिएको बताउनुभयो ।

केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोगसम्बन्धी सचेतना कार्यक्रम

केन्द्रीय कारागार अस्पताल,जगन्नाथदेवलको आयोजना तथा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा कारागार कार्यालय काठमाडौ अन्तर्गत रहेका केन्द्रीय बन्दी गृह, भद्र बन्दी गृह तथा महिला बन्दी गृहमा रहेका करिव  ५०० जनाभन्दा वढी कैदी बन्दीहरुलाई नसर्ने रोगहरु, सुर्तीजन्य लतको प्रभाव र मानसिक स्वास्थ्यका बारेमा एक कार्यक्रम सम्पन्न भएको छ।

कारागार अस्पतालमा पहिलो पटक अन्तर मन्त्रालय समन्वय कार्यदलको बैठक बस्यो

केन्द्रीय कारागार अस्पताल गृह मन्त्रालय अन्तर्गतको भए पनि प्राविधिक जनशक्ति भने सबै स्वास्थ्य मन्त्रालय अन्तरगर्तका कर्मचारी रहेका छन्।

कैदी र थुनुवाको ज्यान जोखिममा

कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा राखिँदा स्वास्थ्य सेवा, पोषणलगायत सुविधाको अभाव देखिएको छ । उचित स्वास्थ्य सेवा र पोषण अभावमा कतिपय कैदी र थुनुवाको ज्यान जोखिममा परेको पाइएको छ । अहिले देशभरिका कारागारमा २७

केन्द्रीय कारागार अस्पतालका कैदीबन्दीहरुको मानसिक अवस्था गम्भीर

नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेसँगै केन्द्रीय कारागार अस्पताल सुन्धारामा रहेका कैदी बन्दीहरुको निःशुल्क स्वास्थ्य जाँच हुँदैआएको छ । केन्द्रीय कारागार अस्पतालमा रहेका कैदीबन्दीहरुमा मानसिक स्वास्थ्यको अवस्था गम्भीर रहेको कारागारले जनाएको छ । अस्पतालकाअनुसार कारागारमा कूल नौ सयभन्दा बढी विरामी कैदीबन्दीहरुमध्ये तीनसय जनाले नियमित रुपमा मानसिक रोगको औषधी सेवन गर्नेगरेका छन् ।