‘म साइबर क्राइम डिपार्टमेन्टबाट हो’ भन्दै फोन गरी विवरण माग्नेसँग सतर्क रहनू: साइबर ब्युरो
'म साइबर क्राइम डिपार्टमेन्टबाट हो' भन्दै फोन गरी विवरण माग्नेहरूसँग सतर्क रहन साइबर ब्युरोले आग्रह गरेको छ।
मंगलबार ब्युरोले एक सूचना जारी गर्दै यस्ता फोनहरूबाट जोगिन आग्रह गरेको हो।
इमेल, इन्टरनेटसँगै विकास भएको सामाजिक सञ्जालले नागरिकको दैनिकीलाई सहज बनाएको छ। छिनभरमै विश्वको जुनसुकै कुनामा भएकासँग पनि सहजै कुराकानी हुन्छ। विशाल विश्वलाई खुम्च्याएर एउटा गाउँजस्तो बनाएको छ। तर, यसले सहजता मात्रै दिएन, अपराध पनि बढाउँदै लगेको प्रहरीको तथ्यांकले देखाउँछ।
प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ९ सय ६ वटा साइबर क्राइम (विद्युतीय अपराध)का मुद्दा दर्ता भए। यीमध्ये २ हजार ३ जना महिला साइबर क्राइमबाट पीडित छन्। १ हजार ४ सय ७१ जना पुरुष निसानामा परे...