डोटी – वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नेपालगञ्जबाट पठाउनुभएको भरिएको २२ थान अक्सिजन सिलिन्डर डोटी अस्पतालाई सोमवार हस्तान्तरण गरिएको छ ।
अक्सिजन नहुँदा कोरोना सङ्क्रमित बिरामीको उपचारमा समस्या भएपछि मन्त्री आलेको सहयोगमा नेपालगञ्जमा गएर २२ थान अक्सिजन सिलिन्डर ल्याएर हस्तान्तरण गरिएको बोलन्याथली नामक सामाजिक संस्थाका सुदूरपश्चिम अध्यक्ष तथा अभियन्ता यादव जोशीले बताउनुभयो ।
अभियान्ता जोशीकाअनुसार मन्त्री आलेले नेपालगञ्जमा अक्सिजन भर्नका लागि १५ हजार रुपैयाँ प्रदान गर्नु भएपछि सिलिन्डर डोटी पु&ye...