जिल्ला प्रशासन कार्यालय सुर्खेतले मदिरा बिक्री वितरणमा रोक लगाएको छ । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै शुक्रबारदेखि मदिरा बिक्री वितरणमा रोक लगाइएको हो । शुक्रबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले राजनीति दलका प्रतिनिधिहरूको उपस्थितिमा सो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रिजालले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित तथा मर्यादित रुपमा सम्पन्न गर्नको लागि मदिरामा रोक लगाइएको बताए । मतदान हुने दिन नज