प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन् । विहीबार साँझ नेता खनाललाई भेट्न प्रधानमन्त्री देउवा उनकाे निवास डल्लु पुगेका थिए । भेटमा देउवाले पूर्वप्रधानमन्त्री समेत रहेका खनालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए । देउवाले खनालको स्वास्थ्यमा निकै सुधार भएको रहेकाे बताए ।खनालले केही दिनअघि भारतमा मृगौला प्रत्यारोपण गरेका थिए ।