राप्रपाका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले कांग्रेस नेता गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दावी गरेका छन् । शुक्रबार राप्रपाले काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो दावी गरेका हुन् । ‘गणेशमान सिंहको सुपुत्र प्रकाशमानजी आज मेरो निर्वाचन क्षेत्रमा १५ वर्ष सांसद भएपछि प्रतिस्पर्धी बन्नुभएको छ । मलाई यहाँ उभिएर यो दावी गर्न अप्ठेरो छैन, गणेशमान सिंहका सुपुत्र प्रकाशमानजी रगतले उहा