सबै कम्युनिस्ट मिलेर आए पनि जित्ने तागत कांग्रेसले बनाउनु छ : थापा

कांग्रेस नेता गगन थापाले आसन्न महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत कांग्रेसले आर्जन गर्नुपर्ने बताएका छन् ।‘ढिलो चाँडो हुनसक्छ । तर अब पार्टीको महाधिवेशन हुन्छ । यो महाधिवेशनबाट बाहिर निस्किनेबित्तिकै हाम्रो अगाडि लगातार तीन तहको चुनाव आउँछ,’ शनिबार कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘कांग्रेस अर्काले पस्केको खाने जात होइन । हामी आफैँले एकल शक्तिको आधारमा काठमाडौं महागनरमा कांग्रेसको झण्डा गाड्ने हो । र यो पटक कोहीसँग मिलेर होइन, एकल शक्तिका आधारमा पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसले लिने हो ।’

सम्बन्धित सामग्री

रास्वपाको मिसन-८४ : धेरै सिट ल्याउने तिकडम कि जागरणको शब्द ?

मिसन–८४ भनेको अहिले प्राप्त २१ जना सांसदहरूलाई निष्क्रिय राखेर ८४ को निर्वाचनमा ल्याएर देखाइदिन्छौं भनेर पर्खनु होइन, बरू समाजलाई सकारात्मक रूपमा उद्वेलित गर्दै ०८४ सम्म विश्वास जित्ने चुनावमा दुईतिहाइ ल्याएर अवस्था परिवर्तनका लागि वातावरण बनाउनु हो।

प्रधानमन्त्रीले कर्मचारीलाई सोधेः अहिलेसम्म देश किन विकास हुन सकेन?

'हामी त ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो। तपाईहरु त पेन्सनसम्म हुनुहुन्छ नि। काम नै भएको छैन, दुर्गति छ, देशको। यसको व्यापक छलफल हुन जरुरी छ। बाटो बन्दै, कर्मचारी जाँदैनन्, साइन गर्छ फर्किहाल्छ। बस्दै बस्दैनन्। त्यसकारण यसको व्यापक छलफल हुनुपर्छ। देशको दुर्गति भइरहेको छ, केही काम भएको छैन। एउटा बाटा बनाउनु छ, २५ वर्षसम्म पुगेकै छैन। बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन तयार नै छ सरकार। देशभरको अवस्था त्यस्तै छ।'

जित्ने सुनिश्चितता भए मात्र गृहमन्त्री थापा राष्ट्रिय सभाको उम्मेदवार बन्ने

नेकपा एमालेले बागमती प्रदेशबाट रिक्त राष्ट्रिय सभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउनु पूर्व जित सुनिश्चितता भएपछि मात्र टुंगोमा पुग्ने निर्णय गरेको छ ।  विपक्षी गठबन्धनले एमाले पृष्ठभूमिका खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएपछि एमालेले थापालाई उम्मेदवार बनाउनु अघि थप आन्तरिक गृहकार्य गर्ने निर्णय गरेको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको एमाले स्थायी कमिटी बैठकले चुनाव जित्ने अवस्थामा मात्र थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । हार्ने अबस्थामा थापालाई उम्मेदवार नबना...

भारत के चाहन्छ? देउवा के चाहन्छन्?

सभापति देउवाको चिन्ता कांग्रेस बलियो बनाउनेमा मात्र छैन। पार्टीमा आफू कसरी बलियो हुने, आउने महाधिवेशनमा कसरी जित्ने भन्ने छ। भारतलाई अहिले चिढ्याउनु भनेको सभापति बन्ने बाटो दुरूहपूर्ण बनाउनु हो भन्नेछ। त्यसैले उनी ओलीलाई हटाउन चाहन्नन्।