बागलुङ : बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा कोरोना संक्रमितको घर घरमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। स्थानीय युवा तथा समाजसेवीको सक्रियतामा भकुण्डेका २१ संक्रमितलाई मास्क, सेनिटाइजरलगायत सामग्री हस्तान्तरण गरिएको हो।कोरोना संक्रमण बढ्दो क्रममा रहेको र गाउँलाई प्रभावित हुन नदिन संक्रमितलाई स्वास्थ्य सामग्री उपलव्ध गराएको अभियान्ता उमाकान्त शर्माले बताए। ‘भेटेर उहाँहरुको आत्मबल बढायौं, सबै खुसी हुनुभयो’ शर्माले भने ‘मास्कको समेत अभाव रहेको खवरका आधारमा हामिल