‘प्रहरीमा आत्मीयता र दया भन्ने कुरा छँदै छैन भन्ने मलाई यहाँ धरपकड गर्दा थाहा पाएँ। मलाई रातारात समातेर नेपालगन्ज पुर्याए। त्यहाँ पाँचवटा गाडी लिन आएका थिए। करिब ३५ देखि ४० जना प्रहरी थिए। यस्तो लाग्थ्यो म ठूलो पदाधिकारी हुँ वा कुनै ठूलो अपराधी हुँ। प्रहरीले नै मलाई अपहरण गरेर लगेजस्तो पनि लाग्यो।’