काठमाडौँः प्रहरी महानिरीक्षक नियुक्ति विवादमा बुधबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। सरकारी पक्ष समेत प्रारम्भिक सुनुवाइमै सामेल भएपछि बहस लम्बिएको छ। बहसको क्रम नसकिएपछि न्यायाधीश सुष्मलता माथेको एकल इजलासले बिहीबार पनि सुनुवाइ गर्नेगरि रिटलाई हेर्दाहेर्दैमा राखेको छ। बिहीबार नवनियुक्त आइजिपी धीरजप्रताप सिंहका तर्फबाट बाँकी कानुन व्यवसायीले बहस गर्नेछन्। निवेदक पक्षले…