काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार दुई खेल हुँदैछ।एन्फा कम्प्लेक्समा सातदोबाटोमा दिउँसो ३ बजे युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।२२ खेलमा २९ अंक जोडेर छैटौँ स्थानमा रहेको सातदोबाटो नवौँ जितको खोजीमा हुनेछ। २२ खेलमा ३६ अंक जोडेर तेस्रो स्थानमा रहेको मच्छिन्द्र दशौँ जितको प्रयासमा हुनेछ । च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा थ्रीस्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। २२ खेलमा २६ अंक जोडेर ११ औं स्थानमा रहेको थ्री स्टार सातौँ