प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद् विस्तारपछि मात्रै बजेट पुनरावलोकन गर्ने भएका छन् । पहिले ४ देखि ५ वटा मन्त्रालय थपेर सरकार विस्तार गरेपछि नयाँ नियुक्त हुने मन्त्रीहरूको सहमतिमा बजेट पुनरावलोकन गर्ने सरकारी तयारी रहेको बताइएको छ ।