नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपालसँग नगई एमालेमै रहेका १० भाइ नेताहरूमध्ये ५ जनालाई केन्द्रीय पदाधिकारी बनाउने गरी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका छन् ।
चितवनको सौराहमा जारी १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा ओलीले राखेको पदाधिकारीको प्रस्तावमा १० भाइमध्ये ५ जना नेताहरू परेका छन् ।
ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे तथा सचिवमा योगेश भट्टराई र गोकर्ण विष्टलाई अगाडि सारेका छन् ।
विगतमा माधव नेपाल पक्षमा रहेपनि पार्टी विभाजन हुँदा उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्...