काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा पौडेल निवास बोहोराटार पुगेका छन्। शनिबार राति ९ बजे प्रधानमन्त्री देउवा पौडेल निवास पुगेको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए। देउवाले पौडेललाई राजनीतिबाट बाहिर हुने कुरा नगर्न आग्रह गरेका छन्। ४५ मिनेट भएको कुराकानीमा देउवाले राष्ट्रका लागि रामचन्द्रको आवश्यकता रहेको बताए र राजनीतिबाट बाहिर हुने कुरा नगर्न पौडेललाई आग्रह गरेको