काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापासँग पनि छुट्टै भेट गरी समसामयिक संसदीय विषयमा छलफल गरेका छन् । सभामुखको सचिवालयका अनुसार सभामुख अर्यालले विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग पनि मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए […]
काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक बनाउने लक्ष्यका साथ ‘राष्ट्रिय यातायात नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को असार २४ को बैठकले पूर्वाधार विकास मन्त्रालयद्वारा प्रस्तावित यो नीतिलाई स्वीकृत गरेको हो । नयाँ नीतिले ‘दिगो, सुरक्षित, सर्वसुलभ, समावेशी, हरित र प्रविधिमैत्री यातायात प्रणाली’ को दूरदृष्टि राखेको छ । प्रविधि र वातावरणमैत्री […]
काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप नियन्त्रणमा प्रयोग हुने एक औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । विभागले सोमबार जारी गरेको सूचना अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको एमफास्ट–एल नामक औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा निर्धारित गुणस्तर मापदण्ड पूरा नगरेको पाइएको हो । विभागका अनुसार उक्त औषधिको […]
काठमाडौं । निर्देशक, अभिनेता तथा निर्माता माओत्से गुरुङको परिचय फराकिलो छ । गुरुङ फिल्म हुँदै उनी अहिले नेपाली भाषाको मूलधारमा दृश्यभाषा बुन्दैछन् । डेब्यू नेपाली ‘दयारानी’पछि उनी निर्देशित ‘पेन्सन पट्टा’ प्रदर्शन तयारीमा छ ।
गुरुङ समुदायकै …
कर्णाली । कर्णाली राजमार्गको कालीकोट जुम्ला सडकखण्डमा पर्ने सेराबाडामा आज सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । खाँडाचक्र नगरपालिका–८ कालीकोट सेराबाडास्थित माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत पूर्ण रूपले बन्द भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिए । पहिरोसँगै झरेको ढुङगा सानो मेसिनले फुटाल्न नसक्ने भएपछि सडक […]