काठमाडौ : झण्डै एक महिना देखि काठमाडौंमा थुप्रिएको फोहर आजदेखि उठ्ने भएको छ। नुवाकोटको सिसडोलमा वर्षाले फोहर फाल्न समस्या भएपछि काठमाडौंका सडकमा थुप्रिएको फोहरको डंगुर आजदेखि उठ्न लागेको हो। वर्षाले मात्रै नभएर स्थानीयले फोहर विसर्जनमा अवरोध गरेका कारण काठमाडौंको फोहर व्यवस्थापनमा समस्या हुँदै आएको थियो। हिजो काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट (नुवाकोटको सिसडोल)का स्थानीयबीच एक सम्झौता भएपछि फोहर व्यवस्थापनका सन्दर्भमा देखिएको अवरोध हट्ने भएको हो। मंगलबार काठमाडौं