कोभिड–१९ महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सम्मानका लागि काठमाडौंकी एक ३० वर्षीया चिकित्सक सगरमाथा आरोहणमा निस्किएकी छन् । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत अर्घाखाँचीकी मेडिकल अफिसर प्रिती भुसाल यसपटकको वसन्तकालीन हिमाल आरोहण सिजनमा सगरमाथा चढ्न शुक्रबार त्यसतर्फ लागेकी हुन् ।