विराटनगर : नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री कार्यालयको नाममा जनताको पैसा दुरुपयोग भइरहेको भन्दै आक्रोश पोखेका छन् ।बिहीबार प्रदेश १ को प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक कार्कीले संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीका लागि काठमाडौं गएको बेला बस्नका लागि अपार्टमेन्ट उपलब्ध गराएको भए पनि छुट्टै घर भाडामा लिएर करोडौं रुपैयाँ खर्च गर्ने गरेको बताए।‘धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखेर वर्षमा एकपटक पनि नजाने, उनले भने ‘तर, काठ