हेटौंडा : बागमती प्रदेशसभा दोस्रो कार्यकालको पहिलो बैठक सोमबार शुरु भएको छ। ४ मंसिरको निर्वाचनपछि पहिलोपटक आह्वान भएको ११ औँ अधिवेशनको पहिलो प्रदेशसभा बैठक सोमबार बसेको हो।प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको अध्यक्षतामा भएको बैठकमा ५ वटा अध्यादेश टेबल भएको छ। सोमबारको बैठकले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ।बैठकमा संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संशोधन