एमसीसीलाई देखाउँदै चीन र अमेरिकाको अस्वाभाविक सक्रियता

काठमाण्डाै - नेपालमा एमसीसी परियोजनाको विषयलाई शक्ति राष्ट्रहरु अमेरिका र चीनले अस्वाभाविक सक्रियता बढाएपछि यो विषय थप जटिल बनेको छ । एमसीसीबारे दलहरु विभाजित भइरहेको बेला चीन र अमेरिकाबीच टकराव देखिएको हो । अमेरिकाले नेपालसँगको सहकार्यको नाममा धम्की  कुटनीति सुरू गरेको भन्दै चीनले यसको प्रतिरोध गर्ने भनेको छ । शुक्रवार बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा कुटनीतिक दबाब सुरु गरेको भन्दै नेपालको छिमेकी देश र विकास साझेद...