काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर प्रतिपक्षमै बस्ने बताउनुभएको छ ।
प्रतिनिधि सभालाई सम्बोधन गर्दै देउवाले संसदमा बलियो प्रतिपक्षी नहुँदा नागरिकका आवाज बुलन्द हुन नपाउने कुरालाई ध्यान दिएर नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने र सरकारका कामलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो ।
‘सरकारलाई सदन र सदनलाई नागरिकप्रति जवाफदेही बनाउनुपर्छ । प्रभावकारी विपक्षी संसदमा नहुँदा नागरिक...