काठमाडौं : हुम्ला सर्केगाड गाउँपालिका-३ का वडाध्यक्षसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।आयोगले वडाध्यक्ष गजबहादुर रावत, गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, सर्केगाड गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरतबहादुर रेश्मीविरुद्ध ८ लाख रूपैयाँको मागदाबीसहित मुद्दा दायर गरेको हो।उनीहरूले मिलेमतोमा गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकम नक्कली बिल भर्पाइ बनाएर ८ लाख रूपैयाँ हिनामिना गर