काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ।बिहीबार शीतल निवासमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन्। उक्त कार्यक्रममा आयोगका पदाधिकारीहरू समेतको उपस्थिति थियो।आयोगले प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछिन्। यससँगै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ। यता प्रदेशतर्फको