दैनिक बढ्दै कोरोनाको सक्रिय संक्रमित

हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ९७१ पुगेको छ। यसअघि शुक्रबार सक्रिय संक्रमितको संख्या २ हजार ८४१ थियो।

सम्बन्धित सामग्री

बाँकेमा ८३ जना सक्रिय संक्रमित, दैनिक सङ्क्रमित बढ्दै

पछिल्लो समय बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । अहिले बाँकेमा ८३ जना सक्रिय संक्रिमतको संख्या पुगेको छ । केही दिन यता दैनिक संक्रमित फेला पर्नेक्रम बढ्दैगएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै, थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि

माघ ३, काठमाडौं।  नेपालमा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको पाइएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत आइतवार भने ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४३५ जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार उक्त अवधिमा मुलुकका विभिन्न भागका अस्पताल तथा स्वास्थ्य केन्द्रमा कुल १४ हजार १४ नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ जना र ६ हजार ७३४ ओटा नमूनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ५४७ जना संक्रमणमुक्त भएका छन् । यसैगरी सोही अवधिमा तीन जनाको मृत्यु भएको छ । हाल मुलुकभरमा ३० हजार ८७७ जना संक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा झण्डै ४ हजार संक्रमित काठमाडौं उपत्यकामा ३ हजार ९३९ संक्रमित थपिएका छन्।  मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ९४३ जना, भक्तपुर  जिल्लामा २०१ जना र ललितपुर जिल्लामा ७९५ जना संक्रमित थपिएका छन्। हाल काठमाडौं उपत्यकामा १९ हजार ३८७ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३ हजार ९८६ जना, ललितपुरमा ३ हजार ५५५ जना र भक्तपुरमा १ हजार ८४६ जना सक्रिय संक्रमित छन्।  मन्त्रालयको तथ्यांक अनुसार अझै एक हप्ता संक्रमणदर बढ्दै जाने छ र माघको दोस्रो साता उच्च विन्दुमा पुग्नेछ । तेस्रो साताबाट विस्तारै घट्दै जाने आकलन गरिएको छ । अहिले दैनिक थपिने संक्रमितको संख्या पनि ५ हजार आसपासमा रहेको छ ।  यो संख्या आगामी दुई हप्तासम्म अझै उकालो लाग्दै जानेछ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले दैनिक २०/ २२ हजारसम्म नयाँ संक्रमित थपिनसक्ने प्रक्षेपण गरेका छन् ।

सक्रिय संक्रमितमध्ये ६८ प्रतिशत वाग्मतीमा मात्रै, अरु प्रदेशमा कस्तो छ हालत?

काठमाडौं : कोरोना भाइरसको शक्तिशाली भेरियन्ट 'ओमोक्रन' फैलिएसँगै देशभर संक्रमण दर ह्वात्तै बढेको छ। दैनिक हजारौंमा संक्रमण पुष्टि भइरहँदा अस्पतालमा पनि बिरामीहरुको चाप बढ्दै गएको छ। हाल देशभर २५ हजार ६ सय ८० जना सक्रिय कोरोना संक्रमित छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमित मध्ये अधिकांश घरमा 'आइसोलेसन'मा रहेका छन्। माघ…

कोरोना संक्रमणबाट काभ्रेमा ४ महीनामा १३७ जनाको मृत्यु, १० हजार संक्रमित

भदौ २, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता चार महीनाका अवधिमा काभ्रेमा १३७ जना संक्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।  गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ संक्रमितको मृत्यु भएको थियो । उक्त अवधिका तीन हजार ४५० मा संक्रमण पुष्टि भएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) को तथ्यांकमा उल्लेख छ । गतअसार महीनामा नगन्य मात्रामा कोरोना संक्रमणबाट मृत्युको घटना भए पनि साउनमा मृत्युदर बढेको थियो । हालसम्म जिल्लाका १३ हजार ६६५ मा संक्रमण देखिएकोमा १८२ को मृत्यु भएको छ । यसमध्ये करीब साढे तीन हजार गत सालका संक्रमित हुन् भने १० हजारभन्दा बढी संक्रमणको दोस्रो लहर शुरु भएयताका हुन् ।  हालसम्मका कुल संक्रमितमध्ये ९५ प्रतिशत अर्थात् १२ हजार ९४० संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो केही हप्तादेखि संक्रमण र मृत्युदर बढ्न थालेपछि गत साउन २५ गतेदेखि यही भदौ ३ गतेसम्म निषेधाज्ञामा थप कडाइ गरिएको छ । हाल दैनिक संक्रमणदर ५० देखि १०० को हाराहारीमा रहेको केन्द्रको तथ्यांकले देखाएको छ । पहिलोपटक विसं २०७७ जेठ १ गते जिल्लाको धुलिखेल अस्पतालमा उपचारार्थ सिनधुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट कारण मृत्यु भएको थियो । नेपालमा यो पहिलो घटना हो । कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा संक्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै संख्यामा संक्रमण र मृत्यु भएको केन्द्रले बताएको छ । ‘संक्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो’, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भने । उनका अनुसार यसपालिको संक्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट टे«ेसिङ’मा ढिलाइ हुँदा संक्रमण बढेको अनुमान गरिएको छ । संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणदर बढ्दै गएपछि जेठको विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो । पछिल्ला केही हप्तादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई आवश्यक अक्सिजनसहित पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ ।  केन्द्र संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले स्थानीय तहमा रहेका आइसोलेशन अक्सिजनसहित पुनःसञ्चालनमा ल्याउन निर्देशन दिइएको बताए । उनले भने, ‘संक्रमणदर दैनिक बढ्न थालेपछि स्थानीय तहका आइसोलेशन अक्सिजन सुविधासहित पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छौँ ।’ उनका अनुसार संक्रमण उच्च रहेका केही स्थानीय तहमा भने आइसोलेशन सञ्चालनरत रहेका छन् । आगामी केही महिनामा संक्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएपछि पनौती नगरले बालबालिकाको लागि गत असारमै आइसोलेशन निर्माण गरेको छ । नगरले ४ नम्बर वडा कार्यालयमा हाललाई ३० शय्याको अक्सिजनसहितको आइसोलेशन बनाएको हो ।  केन्द्रले गत जेठ अन्तिम साता आउँदो केही महिनामा कोभिड–१९ को संक्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ शय्या छुट्याउन लगाउने निर्णयसमेत गरेको थियो । धुलिखेल अस्पतालले बालबालिकाको लागि १०० शय्या व्यवस्थापन गर्ने सम्झौता भइसकेको प्रजिअ पोखरलले बताए । धुलिखेल, मेथिनकोट, बनेपास्थित शिर मेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणमा २०५ शय्या छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा झाले बताए ।  उनका अनुसार प्रक्षेपणअनुसार बालबालिकामा संक्रमण फैलिए स्थानीय तहलाई समेत बालबालिकाका लागि छुट्टै अक्सिजनसहितको आइसोलेशन कक्ष निर्माण गर्न लगाइनेछ । ‘प्रक्षेपित तेस्रो लहरले कस्तो क्षति पुर्‍याउँछ सोहीअनुसार वयवस्थापनमा लाग्न तयारी अवस्थामै छौँ’, उनले भने ।  यसैबीच जिल्लामा हाल ५४४ जना सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १२४९, धुलिखेलमा १३७, पनौतीमा ५९, पाँचखालमा ६३, नमोबुद्धमा ७४, मण्डनदेउपुरमा ३४ तथा रोशी गाउँपालिकामा दुई, चौँरीदेउरालीमा दुई, तेमालमा चार, भुम्लुमा चार, खानीखोलामा एक, बेथानचोकमा ११ र महाभारत गाउँपालिकामा चार जना सक्रिय संक्रमित रहेको केन्द्रले बताएको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दो अवस्थामा

साउन २९, नयाँदिल्ली  । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएका सक्रिय संक्रमितहरुको संख्या घट्दै गएको छ ।             सरकारी अधिकारीहरुले शुक्रवार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या ३ लाख ८५ हजार २२७ मा झरेको छ ।             सक्रिय संक्रमितहरुको यो संख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।  भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार २९५ जना कोरोनभाइरसबाट संक्रमणमुक्त भएका छन् । दैनिक रुपमा संक्रमणमुक्त भएकाहरुको संंख्या बढ्दै गएकाले सक्रिय संक्रमितहरुको संख्या कम हुँदै गएको हो ।             अहिले भारतमा कुल संक्रमितमध्ये १ दशमलव २ प्रतिशत संक्रमितहरु मात्रै सक्रिय संक्रमित अवस्थामा रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।             भारतमा पछिल्लो एक दिनमा ४२ हजारभन्दा बढी  संक्रमणमुक्त भएकै बेला अरू ४० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुका अनुसार सोही अवधिमा ४० हजार १२० जना नयाँ संक्रमितहरु थपिएका हुन् ।             भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट ३ करोड २१ लाख १७ हजार ८२६ जना संक्रमित भएको पाइएको छ । तीमध्ये ४ लाख ३० हजार २५४ जनाको मृत्यु भएको छ । कुल मृतकमध्ये ५८५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।             देशभरि अहिलेसम्म ५२ करोड ९५ लाख ८२ हजार ९५६ मात्रा कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । तीमध्ये ५७ लाख ३१ हजार ५७४ खोप पछिल्लो २४ घण्टामा प्रयोग भएको हो ।रासस/ एएनआई

बागलुङमा सक्रिय संक्रमित ६ सय ५० पुग्यो

बागलुङ जिल्लामा कोरोना संक्रमणको दर दैनिक बढ्दै गएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार शनिबार मात्र १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा सक्रिय संक्रमितको...

प्रदेश १ मा सक्रिय संक्रमित १० हजार नाघे

प्रदेश १ मा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १० हजार ६ सय १४ पुगेको छ । दैनिक संक्रमितको संख्या बढ्दै गएको प्रदेशमा बिहीबार १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।

पर्वत अस्पतालमा २० बेड थपिए

पर्वत । कोभिड–१९ का संक्रमित बिरामीको संख्या दैनिक बढ्दै गएपछि पर्वत अस्पतलामा शय्या थप गरिएको छ । जिल्ला अस्पतालको कोभिड–१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थप गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष सदरमुकामकै गुप्तेश्वर बहुमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालबाट आवश्यक पलङ, लत्ताकपडालगायत सामग्री लगेर २० बेड थपिएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । अस्पतालले सञ्चालनमा ल्याएको १० शय्या क्षमताको कोरोना संक्रमित उपचार कक्ष सोमबार नै भरिएको हो । अस्पतालमा रहेका सबै कोभिडका बिरामीले त्यहीकै अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन तथा सिलिन्डरबाट अक्सिजन लिएर उपचार गरिरहेका छन् । कोरोना संक्रमितको बढ्दो संख्यालाई ध्यानमा राखेर पर्वत अस्पतालमा कुश्मा नगरपालिकाले पनि खर्च वहन गर्ने गरी २० शय्या विस्तार गरिएको कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । थपिएका बेडमा समेत स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बिरामीको उपचार गरिनेछ ।  स्वास्थ्यकर्मीबिना अक्सिजन मात्र दिएर बिरामी ठीक हुने अवस्था नभएको र अहिले अस्पतालमा रहेको जनशक्ति अपुग हुने अवस्था आएको अस्पतालका अध्यक्ष पहाडीले बताए । उनका अनुसार थप हुने बिरामीको उपचारका लागि थप बजेट र जनशक्ति आवश्यक पर्ने भएकाले प्रदेश सरकार र पर्वतका नगरपालिका तथा गाउँपालिकाबाट आवश्यक सहयोगका लागि आह्वान गरिएको छ । पर्वतमा पछिल्लो साता कोभिड–१९ का संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । सोमबार एकै दिन ८१ जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म पर्वतमा ३ सय ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए । उनका अनुसार २ सय ७६ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी २८ जनाको जिल्ला अस्पताल र गाउँ, नगरपालिकाका अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेश १ मा आज ३९ जनामा कोरोना पुष्टि, २४५ सक्रिय संक्रमित

प्रदेश १ मा पछिल्लो समय कोरोना भाइरस संक्रमण दैनिक रूपमा बढ्दै गएको छ । सतर्कता नपनाउँदा दैनिक संक्रमण बढ्दै गएको हो