गर्भवतीलाई असामान्य अवस्थामा शल्यक्रियासहित सुरक्षित प्रसूतिको लागि धुलिखेल, काठमाडौँसम्म पु-याउनुपर्ने बाध्यता अन्त्य भएको छ । आमा र नवजात शिशु दुवैको स्वास्थ्य जोखिम त्यतिकै हुन्थ्यो ।आफ्नै गाउँठाउँमा जटिल शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा सञ्चालन भएपछि लाखौँ खर्चेर काठमाडौँसम्मका अस्पताल धाउनुपर्ने बाध्यता हटेकोमा अहिले सिन्धुपाल्चोक मेलम्ची क्षेत्रका स्थानीय खुसी छन् । यसअघि सामान्य स्वास्थ्य उपचार सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मेलम्ची नगरपालिकाले १५ शय्याको न