स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या दैनिकरुपमा बढ्न थालेको छ । काठमाडौंको नागढुंगा, फर्पिङ, मुड्कु र भक्तपुरको जगातेलगायका नाकाबाट यात्रुहरु बाहिरिने गरेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार दैनिक सरदर ५ हजारले काठमाडौं उपत्यका छाड्न थालेका छन् । काठमाडौं भित्रिनेहरुको तुलनामा छाड्ने यात्रुको संख्या धेरै रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी संजिव शर्मा दासले रातोपाटीलाई जानकारी दिए । २०७९ वैशाख १७