प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार राति भएको भेटवार्तापछि एमाले तत्काल प्रतिक्रियाविहीन भएको छ । एमाले तत्काल पर्ख र हेरको नीतिमा रहेको छ । शुक्रबार फेरि सत्ता गठबन्धनको बैठक रहेको अवस्थामा त्यसमा कस्तो छलफल हुन्छ र कस्तो प्रतिक्रिया आउँछ भनेर त्यसलाई मध्यनजर गर्ने एमालेको नीति छ । प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भएपनि सञ्चारकर्मीलाई जानकारी गराउनुपर्ने गरी कुनै निष्कर्षमा नपुगेको अ