‘उत्पादन र रोजगारी बढाउन नेपालमा निजी लगानी मोडेल अत्यन्तै जरुरी छ’

काठमाण्डौ - सरकार बजेट निर्माणको अन्तिम तयारीमा छ । विशेषगरी बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र निजी लगानीको लागि सरल मार्ग खोलिदिनुपर्ने आवाज उठिरहेको छ । सरकारले निजी क्षेत्रमैत्री नीति नियम ल्याएर उनीहरुलाई प्रोत्साहन गरे अहिलेको अवस्थामा ठूलो रोजगारी सृजना हुन सक्ने देखिएको छ । निजी लगानीलाई सरकारले उचित सहु...

सम्बन्धित सामग्री

रोजगारी सिर्जनाको सर्त : निजी लगानी वृद्धि

स्वदेशमै रोजगारी सिर्जना गर्न आर्थिक र व्यावसायिक गतिविधिलाई प्रवर्द्धन गरेर सरकारले निजी लगानी प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘कान्तिपुर इम्प्लोइमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको पहिलो सत्र ‘आन्तरिक रोजगारी दशक, सफल पार्न सकस’का वक्ताले देशको कुल रोजगारीमा ९० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको रहेकाले उनीहरूको लगानी प्रोत्साहन गर्न सके रोजगारीका नयाँ अवसर सृजना गर्न सकिने धारणा राखे ।

नयाँ बजेटमा ठूला–साना १ लाख उद्योग थप्ने योजना, ७५३ वटा पालिकामै लगानी सम्मेलन

‘१ लाख साना–ठूला उद्योग थपिँदा ७ लाखले रोजगारी पाउने छन् । ७५३ स्थानीय लगानी भेलाहरू सञ्चालन भई निजी लगानी परिचालन हुनेछ । १५ सय वटा नयाँ बजार केन्द्र विकास हुनेछन् । ७५३ सार्वजनिक निजी लगानी संवाद समितिहरू सक्रिय हुने गरेर बजेट निर्माण भइरहेको छ ।’