नेपालमा क्षयरोग (टीबी) नियन्त्रणमा चुनौती बढ्न थालेको छ । औषधिले समेत निको नहुने खालको क्षयरोग सङ्क्रमितको सङ्ख्या बढ्न थालेको विशेषज्ञहरूले बताएका छन् । नेपालमा बर्सेनि औषधि प्रतिरोधी क्षयरोगी अर्थात् औषधिले काम नगर्ने अनुमानित २२ सय बिरामी फेला पर्छन् । जनसङ्ख्याको अनुपातमा यो सङ्ख्या चिन्ताजनक भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।नेपाल औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको देशमध्ये एक हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई सन् २०२१ देखि नै औषधि प्रतिरोधी क्षयरोगीको उच्च प्रकोप भएका ३० देश