काठमाडाैं । अर्घाखाँचीको कारागारमा रहेका कैदीबन्दीको नि:शुल्क क्षयरोग परीक्षण भएको छ । जिल्ला कारागारमा रहेका ७४ जना कैदीबन्दीको निशुल्क क्षयरोग परीक्षणका लागि खकार संकलन गरिएको सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले बताउनुभयो । नगरपालिकाको आयोजनामा कारागारमा रहेका कैदीबन्दीमा क्षयरोग छ, छैन भनेर परीक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।