भावी सरकारको नेतृत्व पहिला कसले गर्ने र राष्ट्रपति कुन पार्टीले पाउने भन्ने विषयमा कुरा नमिलेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेतिर नजिकिन थाल्नुभएको छ । उहाँले आफूलाई सरकारको नेतृत्व पहिला नदिए एमालेसंग मिल्ने चेतावनी पटकपटक दिंदै आउनुभएकोमा आइतबार बसेको गठबन्धन बैठकमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी ओली भेट्न बैठक छाडेर बालकोत जानुभयो । प्रचण्ड बाल्कोट …