काठमाडौं : भारतको आन्ध्र प्रदेशस्थित विजयनगर जिल्लामा दुईवटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन्। गम्भीर घाइतेको संख्या बढी भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। त्यहाँको मण्डल रेल प्रबन्धकका अनुसार हावडा–चेन्नई रुटमा विशाखापट्टनम–पलासा यात्रु रेल र विशाखापट्टनम–रायगढा यात्रु रेल आपसमा ठोक्किएका थिए। दुर्घटनामा रेलका तीनवटा डिब्बा क्षतिग्रस्त भएको अधिकारीहरुले जनाएका छन्। दुर्घटनापछि यो मार्गमा चल्ने झण