नुनिलो स्वादिष्ट बदाम खाँदा हाम्रो शरीरलाई फाइदा पुग्छ । स्वादिलो मात्र होइन बदामले शरीरलाई विभिन्न समस्या हुनबाट बचाउँछ । बदाममा म्याग्नेशियम, फोलेट र भिटामिन–ई जस्ता पोषक तत्वहरु पाइन्छन् । बदामले पुरुषलाई धेरै फाइदा गर्छ । यसले पुरुषको यौनस्वास्थ्यदेखि मुटुसम्मलाई फाइदा पुर्याउँछ । बदाममा आर्जिनाइन नामक एक प्रकारको अमिनो एसिड हुन्छ । जुन नाइट्रिक अक्साइडमा परिणत हुनजान्छ । नाइट्रिक अक्साइडले हाम्रो रक्तकोशिकाहरुलाई डाइलेट गरेर रक्तसञ्चार र रगतको बहावलाई सन्तुलनमा ल्याउँछ